जग्गा किन्न चाहनुहुन्छ ? मिर्मिरे लघुवित्तले गर्यो गोप्य टेन्डर

१५ कार्तिक २०८०, बुधबार १३:२१

काठमाडौं । मिर्मिरे लघुवित्तले जग्गा बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो नाममा रहेको ४ कट्ठा १५ धुर जग्गा (घडेरी) बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

कम्पनीले बिक्री गर्न लागेको जग्गा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. १० मा रहेको छ । सो घडेरी खरिद गर्न इच्छुक जो–कोहीले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीले सो जग्गाको लागि न्यूनतम मूल्य १४ लाख १४ हजार तोकेको छ । आवेदनकर्ताले प्रतिस्पर्धात्मक रकम तोकि आवेदन दिनुपर्नेछ ।

आवेदनका लागि बोलपत्र फाराम कम्पनीको सामान्य सेवा विभाग, केन्द्रीय कार्यालय बेनपा र सुदूरपश्चिम प्रदेश कार्यालय बौनियाबाट प्राप्त गर्न सक्नेछन् । आवेकले बोलपत्र फाराम कम्पनीको केन्द्रीय कार्यालय वा सुप प्रदेश कार्यालय बौनियामा प्राप्त हुने गरी ३५ दिनभित्र पेश गर्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*