अर्बौ रुपैयाँका नोट बाक्सामा लुकाइएको शंकास्पद भिडियो सार्वजनिक, यी नोटका बिटाहरु सक्कली कि नक्कली ?

१५ कार्तिक २०८०, बुधबार २१:२०

काठमाडौं । सामाजिक सञ्जालमा नेपालको अर्थतन्त्रलाई ध्वस्त पार्न भूमिका खेलेको हुनसक्ने अत्यन्तै संवेदनशिल भिडियो सार्वजनिक भएको छ । फेसबुकमा फेला परेको भिडियोमा अर्बौ रुपैयाँ बराबरका एक हजारका दरका नयाँ नोटहरु बक्सामा प्याक गरेर राखिएको छ ।

सामाजिक सञ्जालमा विराटनगरमा भेटिएको भनिएको ति नोटहरु नक्कली हुन् वा सक्कली यसमा पनि आशंका गर्ने ठाउँहरु छन् । तर, नेपाली अर्थतन्त्र तहस नहस पार्न उक्त भिडियोमा प्रस्तुत नोटहरु सक्कली वा नक्कली जे भएपनि भूमिका खेल्न सक्नेछन् ।

अत्यन्तै संवेदनशिल भिडियो रिल बाई इनर्जी इन्फ्योन्सर नामक फेसबुक आईडीबाट सामाजिक सञ्जालमा शेयर गरिएको छ । गत साता फेसबुकमा शेयर गरिएको भिडियोमा एउटा काठको बाकस र अन्य १० वटा कार्टुनमा प्याक गरिएको अवस्थामा एक हजार दरका नयाँ नेपाली नोट र एक सय दरका अमेरिकी डलर देखाइएको छ । ओप्पो रेनो ७ प्रो फाइजी नामक मोबाईल प्रयोग गरेर २०२२ अप्रिल १९ तारिख राति ७ः५९ बजे खिचिएको भिडियोमा अर्बौ रुपैयाँ नेपाली नोट कार्टुनमा प्याक गरिएको छ ।
सो भिडियोमा दुई जना हिन्दी भाषा बोल्ने मानिसहरुले नयाँ र एकदम फ्रेस नोटहरु रहेको भन्दै पल्टाएर देखाइरहेका छन् । त्यस्तै, अमेरिकी डलर समेत पल्टाएर देखाउँछन् । काठको बाकस बाहेक अन्य नोटहरु भारतीय लुब्रिकेन्ट कम्पनी टोटल हाईपर्फको कार्टुनमा प्याक गरिएको अवस्थामा भिडियोमा देखिन्छ । नेपालमा टोटल हाईपर्फको लुब्रिकेन्ट बिक्री नहुने हुँदा उक्त नोटहरुको भिडियो भारतमा खिचेको अनुमान गर्न सकिन्छ ।

भिडियो सार्वजनिक गर्ने व्यक्तिले उक्त नोटहरु विराटनगरमा भएको उल्लेख गरेका छन् । सो सम्बन्धमा थप विवरण सार्वजनिक गरिएको छैन । फेसबुकमा विराटनगर भनिए पनि सो भिडियो विराटनगरमा खिचिएको विश्वास गर्न सकिदैन । भिडियोमा नोट देखाउने दुई जना व्यक्तिले पूर्ण हिन्दी लवचमा कुराकानी गरेकोले उनीहरु भारतीय हुनसक्ने विश्वास गरिएको छ ।
अर्बौ रुपैयाँका ति नोटहरु नक्कली भए नेपालको अर्थतन्त्रलाई तहसनहस पारी अहिलेको अवस्थामा ल्याई पुर्याउन पर्याप्त जस्तै देखिन्छ । त्यस्तै, नक्कली नभई सक्कली भए त्यसर नोट लुकाएर राखेपछि देशको अर्थतन्त्र उभो लाग्न नसकी ध्वस्त हुने नै भयो ।

उक्त भिडियोको सम्बन्धमा हालसम्म नेपाल सरकारको ध्यानाकर्षण भएको छैन । यसअघि झापाका मेडिकल व्यवसायी तथा बैंकहरुको आतंकविरुद्ध आन्दोलनमा होमिएका दुर्गा प्रसाईले नेपालमा केही सीमित व्यापारीहरुले बाक्सा का बाक्सा नोट लुकाएर राखेको आरोप लगाएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*