नविल इक्वीटी फण्ड स्किमको सूचीकरण खारेज

१६ कार्तिक २०८०, बिहीबार १०:०३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले नविल इक्वीटी फण्ड स्किमको सूचीकरण खारेज गरिदिएको छ । नेप्सेले सूचना जारी गरेर बिहीबार आजदेखि लागू हुनेगरी सूचीकरण खारेज गरेको हो ।

नविल इक्वीटी फण्ड नविल इन्भेष्टमेन्ट बैंकिङले सञ्चालन गरेको थियो । फण्डको स्किम आउँदो शनिबार परिपक्व हुँदैछ । नेप्सेका अनुसार कम्पनीले सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ३१ उपनियम ७ बमोजिम योजना खारेजी सम्बन्धको सूचना जारी भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*