अहिलेसम्म २ विकाससहित ९ बैंकले गरे लाभांश घोषणा, कसको कति ?

१६ कार्तिक २०८०, बिहीबार १०:५२

काठमाडौं । दुई विकास बैंकसहित ९ बैंकले लाभांश घोषणा गरेका छन् । विकास बैंकमध्ये सांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेका हुन् । सांग्रिलाले ५ प्रतिशत बोनस र कर प्रयोजनका लागि शून्य दशमलव २६३ प्रतिशत नगद वितरणको प्रस्ताव गरेको हो । यस्तै, शाइन रेसुङ्गाले १० दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

यसअघि ७ वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । माछापुर्च्छे, एभरेष्ट, एनआईसी एशिया, सानिमा, सिटिजन्स, सिद्धार्थ र स्ट्याण्डर्ड चार्टड बैंक मध्ये केहीले दशैंअघि र केहीले दशैंपछि वितरण गरेका हुन् । स्ट्याण्डर्डले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । जहाँ १९ प्रतिशत प्रस्ताव गरिएको छ । त्यस्तै, सिद्धार्थले ४ दशमलव २१ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्न मंसिर ५ गते साधारण सभा बोलाएको छ ।

लाभांश घोषणा गरेकामध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकले कुल ३० दशमलव ५२६ प्रतिशत लाभांश दिएको छ । उसले २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

एभरेष्टले १० प्रशित बोनस शेयर र कर प्रयोजनसहित १० दशमलव ५३ प्रतिशत नगद लाभांश दिएको छ । सानिमाले ९ प्रतिशत बोनस शेयर र करसहित ५ दशमलव ७० प्रतिशत नगद, माछापुर्च्छेले १३ दशमलव ३० बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश तथा सिटिजन्सले ५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको अवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*