फर्स्ट माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी घट्यो, वितरणयोग्य मुनाफा कति?

१६ कार्तिक २०८०, बिहीबार १०:५२

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ५ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०।५२ प्रतिशत कम हो।असोज मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा २० करोड ४७ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १७ रुपैयाँ ८४ पैसा रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३३।२७ प्रतिशत घटेर ८ करोड १ लाख रुपैयाँमा झरेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन मुनाफा २६।६० प्रतिशत घटको छ भने सञ्चालन मुनाफा ९ करोड ११ लाख रुपैयाँबाट घटेर ७ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ।

खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ १५ पैसा घटेर १४२ रुपैयाँ ३७ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ३७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५।६३ गुणा रहेको छ।

पछिल्लो तीन महिनामा लघुवित्तको चुक्ता पूँजीमा कुनै परिवर्तन भएको छैन भने जगेडा कोष ११।५१ प्रतिशत बढेको छ। सो तीन महिनामा लघुवित्तको सापटी १३।३८ प्रतिशत घटेको छ भने कर्जा ६।८५ प्रतिशत घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*