राष्ट्र बैंकले आइतबारदेखि सर्वसाधारणलाई सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

१६ कार्तिक २०८०, बिहीबार ११:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आउँदो आइतबारदेखि सर्वसाधारणलाई सुनका असर्फी र चाँदीको सिक्का बेच्ने भएको छ । तिहारलाई लक्षित गरेर राष्ट्र बैंकले धनत्रयोदशीका दिन (२४ कार्तिकसम्म) सुनचाँदी बिक्री गर्ने भएको हो ।

सुनका असर्फी र चाँँदीका सिक्का बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म किन्न पाइने राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार प्रतिव्यक्ति १७.५ ग्राम सुनको असर्फी र ६५ ग्रामसम्म चाँदीको सिक्का किन्न पाउने व्यवस्था मिलाइएको छ । गाईको तस्वीरअंकित सिक्का ६५ ग्राम, लक्ष्मीआकृति अंकित सिक्का १० ग्राम, गणेशअंकित सिक्का १० ग्राम र गजलक्ष्मीअंकित सिक्का पनि १० ग्राम एक जनाले किन्न पाउने नियम राखिएको छ ।

असर्फी किन्न नगदका साथै क्युआर कोड समेतको व्यवस्था गरिएको छ । सर्वसाधारणले टक्सार महाशाखाबाट खरिद गर्न सकिने सुनका असर्फी २.५ ग्राम, ५ ग्राम र १० ग्रामका छन् । यी सबैको मूल्य दैनिक बजारभाउ अनुसार नै तोकिने बताइएको छ । टक्सार महाशाखाबाट खरिद गरिएका सुन तथा चाँदीका सिक्का पुनः सोही महाशाखामा बिक्री गर्न भने पाइँदैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*