नाफासँगै बढ्यो ग्लोबल आइएमई लघुवित्तको प्रतिशेयर आम्दानी, अन्य सूचकको अवस्था कस्तो ?

१६ कार्तिक २०८०, बिहीबार १२:४४

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा र प्रतिशेयर आम्दानी गत आवको सोही अवधिको तुलनामा बढेको हो ।

कम्पनीले गत आवमा २ करोड ६७ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा सो नाफा बढेर ३ करोड ४० लाख रुपैयाँ पुगेको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेकाले कम्पनीको नाफासमेत बढ्न पुगेको हो ।

गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी १३ प्रतिशत र सञ्चालन नाफा २६ दशलमव ७४ प्रतिशतले वृद्धि भएको छ । चालू आवमा नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा रहेकोमा चालू आवमा बढेर २१ रुपैयाँ ९८ पैसा पुगेको हो ।

६१ करोड ८९ लाख रुपैयाँ चुक्ताप पूँजी रहको यस कम्पनीले जगेडामा रू। ५० करोड ४३ लाख सञ्चिति गरेको छ । सो अवधिसम्म कम्पनीले रू। ३ अर्ब २३ करोड निक्षेप संकलन गरेर रू। ७ अर्ब ६२ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ३९ दशमलव ७६ गुणा र प्रतिशेयर नेटवर्थ रू। १८१ दशमलव ५० छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*