पहिलो त्रैमासमा ग्लोबल र गुराँस र फर्स्ट माईक्रोफाइनान्समध्ये कुन कम्पनी अब्बल ? (तथ्यांक सहित)

१६ कार्तिक २०८०, बिहीबार १७:५२

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । तीन लघुवित्त नै खुद मुनाफामा सामान्य देखिएका छन् ।ग्लोबल र गुराँसको अवस्था तुलनात्मक रुपमा राम्रो देखिँदा फर्स्ट माइक्रोफाइनान्सको अवस्था दयनीय देखिएको छ।

गत आर्थिक वर्षको यस अवधिको तुलनामा फर्स्ट माइक्रोको खुद मुनाफा झन्डै २०.५२ प्रतिशतले घटेर ६ करोड ३७ लाखबाट ५ करोड ६ लाखमा झरेको छ।खुद ब्याज आम्दानी घटेसँगै लघुवित्तको खुद नाफा पनि घट्न पुगेको हो।

ग्लोबल आइएमई लघुवित्तको खुद मुनाफा २७.१५ प्रतिशतले बढेर २ करोड ६७ लाखबाट ३ करोड ४० लाख पुगेको छ भने गुराँस लघुवित्तको खुद मुनाफा गत आर्थिक वर्षको यस अवधिसँगको तुलनामा धनात्मक अवस्थामा पुगेको छ।

गत आर्थिक वर्षको यस अवधिसम्ममा ६० लाख २२ हजार रुपैयाँ ऋणात्मक रहेकोमा यस अवधिमा ९ लाख ३३ हजार रुपैयाँले खुद मुनाफा धनात्मक भएको हो।

फर्स्ट माइक्रोको अन्य सूचकहरुपनि त्यति सकारात्मक देखिएका छैनन्। असोज मसान्तसम्ममा वितरणयोग्य मुनाफा २० करोड ४७ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १७ रुपैयाँ ८४ पैसा रहेको छ।खुद ब्याज आम्दानी पनि ३३.२७ प्रतिशतले घटेर ८ करोड १ लाख रुपैयाँमा झरेको छ भने कुल सञ्चालन मुनाफा समेत २६.६० प्रतिशतले घटेको छ। त्यस्तै सञ्चालन मुनाफा ९ करोड ११ लाखले घटेर ७ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ।

खुद नाफासँगै प्रतिशेयर आम्दानी पनि ९ रुपैयाँ १५ पैसाबाट घटेर १४२ रुपैयाँ ३७ पैसामा सीमित भएको छ भने प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ३७ पैसा तथा मूल्य आम्दानी अनुपात ३५.६३ गुणा रहेको छ।

ग्लोबल आइएमई र गुराँस लघुवित्तको अन्य सूचक सकारात्मक देखिएको छ। खुद ब्याज आम्दानी १३.८५ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी १२.२२ प्रतिशत र सञ्चालन मुनाफा २६.७४ प्रतिशतले बढेको छ। तर असोज मसान्तसम्ममा वितरण योग्य मुनाफा ६७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।नाफासँगै प्रतिशेयर आम्दानी पनि २ रुपैयाँ ६२ पैसाबाट बढेर २१ रुपैयाँ ९८ पैसा पुगेको छ। मूल्य आम्दानी अनुपात ३९.७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ५० पैसा छ।

गुराँस लघुवित्तको खुद ब्याज आम्दानी ११८.९१ प्रतिशत बढेर १ करोड २९ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ५५.७८ प्रतिशत बढेर १ करोड ९४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै प्रतिशेयर आम्दानी ३ रुपेयाँ ६८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ५४ पैसा रहेको छ।

F

First Microfinances

Nepal Micro finances

Global ime laghbhita

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*