सानिमा बैंकको मुनाफा झण्डै आधा अर्ब, अन्य सूचांक कस्तो ?

१७ कार्तिक २०८०, शुक्रबार ०७:४५

काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार बैंकले तीन महिनाको अवधीमा झण्डै आधा अर्ब अर्थात ४८ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार बैंक मुनाफामा आर्थिक संकटको सामान्य मात्रै प्रभाव परेको देखिएको छ । अन्य बैंकहरुमा ठूला असरहरु परेको बेला सानिमा बैंकको मुनाफा गत आवको तुनालामा सामान्य मात्रै घटेको छ ।

२०७९ असोज मसान्तसम्ममा ५४ करोड रुपैयाँ रहेको थियो । अर्थात चालु आवको पहिलो त्रैमासिकमा सानिमाको नाफा ६ करोड रुपैयाँले घटेको हो । सानिमा बैंकको वितरण योग्य नाफा १३ करोड रुपैयाँले ऋणात्मक रहेको छ । २०७९ असोज मसान्त अवधीमा बैंकको वितरण योग्य नाफा १५ करोड रुपैयाँ रहेको थियो ।

१२ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब २१ करोड रुपैयाँ रहेको छ । बैंकले असोज मसान्तसम्ममा १८५ अर्ब निक्षेप संकलन गरि १४९ अर्ब रुपैयाँ कर्जा लगानी गर्दा १५२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सानिमाको प्रति सेयर आम्दानी १५.२१ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १५८.८१ रुपैयाँ छ । सानिमाको खराब कर्जा १.७९ प्रतिशत छ भने कस्ट अफ फण्ड ७.९८ प्रतिशत छ । बैंकको स्प्रेड दर ४ प्रतिशत रहँदा आधार ब्याजदर ९.७५ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*