तीन महिनामा एनएमबी बैंकले कमायो झण्डै एक अर्ब मुनाफा, अन्य सूचांक यस्तो

१७ कार्तिक २०८०, शुक्रबार ०७:५४

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले चालु आवको करिब तीन महिनामा झण्डै एक अर्ब अर्थात ९६ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । देशमा उत्पन्न गम्भिर आर्थिक संकटका बीचमा बैंकले उत्कृष्ट मुनाफा आर्जन गर्न सफल भएको हो ।
२०७९ असोज मसान्तसम्ममा बैंकको यस्तो नाफा जम्मा ९० करोड रुपैयाँ आर्जन गरेकोमा चालु आवमा बैंकको मुनाफा ६ करोडले बृद्धि गर्न सफल भएको देखिएको छ । यद्यपी बैंकको वितरण योग्य नाफा भने २७ करोड रुपैयाँले ऋणात्मक हुन आएको छ ।

गत असोज मसान्तसम्ममा कूल २ खर्ब एक अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ९२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंकले सो निक्षेप तथा कर्जा परिचालनबाट २ अर्ब २२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ ।

कूल चुक्ता पुँजि १८ अर्ब ३६ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ८७ करोड रुपैयाँ छ । बैंकको प्रति सेयर आम्दानी २०.९८ रुपैयाँ छ । त्यस्तै, एनएमबी बैंकको प्रति सेयर नेटवर्थ १५९.६९ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा २.८४ प्रतिशत पुगेको छ जुन अघिल्लो असोज मसान्तसम्ममा १.९० प्रतिशत मात्रै थियो । बैंकको आरओई १३.१९ प्रतिशतबाट बढेर १३.३४ प्रतिशत पुगेको वित्तीय विवरणमा उल्लेख छ ।

एनएमबिको सीडी रेसियो ८६.३९ प्रतिशत रहेको छ । बैंकको कस्ट अफ फण्ड ८.०५ प्रतिशत छ भने आधार ब्याजदर घटेर ९.८५ प्रतिशतमा झरेको छ । एनएमबिको स्प्रेड दर ३.९९ प्रतिशत कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*