माछापुछ्रे बैंकको प्रतिशेयर आम्दानी बढेर १८.६६ रुपैयाँ पुग्यो, मुनाफासहित सबै सूचांकमा प्रगति

१७ कार्तिक २०८०, शुक्रबार ०८:०७

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको मुनाफामा भएको बृद्धिसँगै प्रतिशेयर आम्दानी बृद्धि भई १८.६६ रुपैयाँ पुगेको छ । समीक्षा अवधीमामा बैंकले ५४ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कूल ४५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले समीक्षा अवधीमा २०.१८ प्रतिशत बृद्धि गर्न सफल भएको छ । चरम आर्थिक संकटका बीचमा पनि बैंकले मुनाफासहितका सूचांकहरुलाई बृद्धि गर्न सफल भएको देखिएको छ ।

माछापुछ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटाएका कारण बैंकको खुद नाफा बढ्न पुगेको देखिएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.९५ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४.४० प्रतिशत घटेको छ । यो अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ४.७४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २१.६५ प्रतिशत बढेको छ । बैंकले इम्पेरमेन्ट चार्ज घटाएर १ करोड २२ लाखमा झरेको छ । सो कारण बैंकको सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो ।

माछापुच्छ्रे बैंकको मुनाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ १३ पैसा बढेर १८ रुपैयाँ ६६ पैसा पुगेको छ । असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.०९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ७७ पैसा रहेको छ । गत आर्थिक वर्षको मुनाफाबाट १३.३० प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी पुर्याएको थियो । बैंकको जगेडा कोषमा ४ अर्ब ९७ करोड रुपैयाँ सञ्चित छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*