सवा अर्ब मुनाफा कमाउँदै अघि बढ्यो ग्लोबल आइएमई बैंक, ईपिएस कति ?

१७ कार्तिक २०८०, शुक्रबार ०८:१७

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार ग्लोबल आइएमई बैंकले १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । ग्लोबल आइएमई बैंक देशमा उत्पन्न आर्थिक संकटको बीचमा समेत मुनाफामा बृद्धि गर्दै अघि बढ्न सफल भएको देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.०४ प्रतिशतले मुनाफा बृद्धि भएको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४९.९२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३६.१९ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ४७.३५ प्रतिशत र सञ्चालन मुनाफा ६.४२ प्रतिशत बढेको देखिएको छ । बैंकको निष्क्रिय कर्जा २.१ प्रतिशतबाट बढेर ४.३८ प्रतिशत पुगेको छ भने इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ७८ करोड १७ लाख रुपैयाँ पुगेको छ ।

नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ २९ पैसा घटेर १३ रुपैयाँ ७१ पैसामा सीमित भएको छ । असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.७४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ३० पैसा रहेको छ ।

३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैंकको जगेडा कोषमा २४ अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ । पछिल्लो तीन महिनामा बैंकको निक्षेप ३.९१ प्रतिशत बढेको छ भने कर्जा ०.२७ प्रतिशत बढेको वित्तीय विवरणमा देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*