कृषि विकास बैंकको खराब कर्जासँगै इम्पेयरमेन्ट चार्ज बढ्दा बैंक घाटामा

१७ कार्तिक २०८०, शुक्रबार ०९:१४

कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास घाटामा देखिएको छ ।समीक्षा अवधिमा बैंकले ८८ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा २२ करोड ९ लाख रुपैयाँ थियो।

बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ४७ लाख रहेको छ। यस त्रैमासमा बैंकले ९० करोड ८३ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा २४ करोड ६५ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकले २ अर्ब ६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ८३ करोड रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी १२।१८ प्रतिशतले बढेको छ।

एनपीएल बढेसँगै बैंकको इम्पेयरमेन्ट चार्ज बढेर २ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ७८ करोड ४८ लाख रुपैयाँ थियो।
खराब कर्जासँगै इम्पेयरमेन्ट चार्ज ह्वात्तै बढ्दा बैंक घाटामा गएको देखिन्छ।

पहिलो त्रैमासमा बैंकले २ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*