नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मुनाफा ३३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

१७ कार्तिक २०८०, शुक्रबार ०९:२०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब ५२ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो गत वर्षको यसैअवधिको भन्दा ३३।४७ प्रतिशतले धेरै हो । गत वर्ष यसले १ अर्ब १४ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानीमा आएको वृद्धिका कारण यसको नाफा बढेको हो ।

त्यसका साथै, यस बैकको सञ्चालन नाफा पनि बढेको छ । समीक्षा अवधिसम्म यस बैंकले ४ अर्ब १६ करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको भन्दा ९५।४० प्रतिशतले धेरै हो । गत वर्ष यसको खुद ब्याज आम्दानी २ अर्ब १२ करोड ९५ लाख रुपैयाँ रहेको थियो । त्यसैगरी, सञ्चालन नाफा ५९।९० प्रतिशतले बढेर २ अर्ब ६० करोड ५४ लाख पुगेको छ ।

गत वर्ष उक्त नाफा १ अर्ब ६२ करोड ९३ लाख भन्दा धेरै थियो । यस बैंकले इम्पेयरमेन्ट चार्ज बापत ६४ करोड ६ लाख रुपैयाँ छुट्याएको छ । गत वर्ष २८ करोड १६ लाख रुपैयाँ उक्त शीर्षकमा छुटयाएको थियो ।

खराब कर्जा बढ्दा यसको इम्पेयरमेन्ट चार्ज पनि बढेको हो । हाल यस बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ । यसको जगेडाकोषमा २५ अर्ब ८९ करोड ३८ लाख रुपैयाँ जम्मा रहेको छ । यता, बैंकको एनपीएल बढेर ४।८३ प्रतिशत पुगेको छ । गत वर्ष १।५७ प्रतिशत थियो । यसको प्रतिसेयर आम्दानी ९वार्षिकीरण० भने २४ रुपैयाँ ९२ पैसाबाट घटेर १७ रुपैयाँ ८४ पैसा कायम भएको छ । त्यसैगरी, प्रतिसेयर नेटवर्थ पनि १८ रुपैयाँ ९५ पैसाले घटेर १७३ रुपैयाँ ३७ पैसा कायम भएको छ । यसको वितरणयोग्य नाफा भने ऋणात्मक छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*