खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा प्रभु बैंकको अधिकांश सूचकमा देखियो सुधार

१७ कार्तिक २०८०, शुक्रबार ०९:३१

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकको खुद नाफा बढेको छ ।

यसअवधिमा खुद नाफा ४६।७० प्रतिशत ले बढेर १ अर्ब ३ करोड कायम भएको छ । गत वर्षको यसैअवधिमा बैंकले ७० करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः २९।१५ प्रतिशत र ५१।३२ प्रतिशत ले बढेको छ ।

प्रभुको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ र रिजर्भ कोषमा १० अर्ब ९३ करोड रुपैयाँ रहेको छ । यता, बैंकको प्रतिसेयर आम्दानी भने ४ रुपैयाँ ६२ पैसाले घटेर १७ रुपैयाँ ५७ पैसामा झरेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २२ रुपैयाँ १९ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ८२ पैसा छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*