प्राइम बैंकको पहिलो त्रैमास यस्तो देखियो

१७ कार्तिक २०८०, शुक्रबार ०९:३८

काठमाडौं। प्राइम बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा ३१।७३ प्रतिशत ले बढेर १ अर्ब १५ करोड १५ लाख २२ हजार रुपैयाँ पुगेको हो ।

यस अवधिमा खुद ब्याज आम्दानी ६।०१ प्रतिशत ले बढेर १ अर्ब ९९ करोड ८६ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।यता, खुद फि तथा कमिसन आम्दानी पनि ४०।८६ फ्रतिशत ले बढेपछि खुद नाफामा सुधार भएको हो । फि तथा कमिसन आम्दानी ३६ करोड रुपैयाँबाट बढेर ५२ करोड रुपैयाँ पुगेको हो । यता, प्राइम बैंकको खराब कर्जा भने १।८० प्रतिशतम बाट बढेर ३।६७ प्रतिशत पुगेको छ । खुद नाफा बढेपछि यस बैंकको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँले बढेर २३।७४ रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*