ज्योति विकास बैंकको मुनाफा घट्यो

१७ कार्तिक २०८०, शुक्रबार ०९:४५

ज्योति विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सर्वाजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आधा घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ५ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९।२५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १० करोड ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३।७७ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४।६५ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ०।१४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४९।२५ प्रतिशत घटेको छ। बैंकको निष्क्रिय कर्जा २।५ प्रतिशतबाट बढेर ३।७५ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज बढेर ३३ करोड ६४ लाख रुपैयाँ पुगेको छ। जसका कारण बैंकको खुद नाफामा दबाब पर्न गएको हो।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १३ करोड १५ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ११ रुपैयाँ ९७ पैसा ऋणात्मक रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ७६ पैसा घटेर ४ रुपैयाँ ६२ पैसामा झरेको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ६१।४५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ७० पैसा रहेको छ।

४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ८७ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो तीन महिनामा बैंकको निक्षेप १।१० प्रतिशत बढेको छ भने कर्जा ०।१४ प्रतिशत घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*