वाणिज्य बैंकहरुको मुनाफा १७ प्रतिशतले घट्यो, नेप्सेमा सूचीकृत आठको मात्रै नाफा बढ्यो, बाँकीमा गिरावट (तथ्यांक सहित )

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नबिल बैंक मुनाफामा अगाडि
१७ कार्तिक २०८०, शुक्रबार ११:३१

काठमाडौं । नेप्सेमा सूचीकृत हाल संचालनमा रहेका १९ वटा वाणिज्य बैंकहरुले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । बैंकहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार पहिलो त्रैमासमा बैंकहरुको वित्तिय अवस्था खस्किएको देखिएकोछ ।

पहिलो त्रैमासको अवधिसम्ममा नेप्सेमा सूचीकृत बैंकहरुको मुनाफा सम्रगमा १७.५९ प्रतिशतले घटेको छ । असोजसम्ममा बैंकहरुले १२ अर्ब ६१ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । गत वर्षको यसै अवधिमा १५ अर्ब ३० करोड ४० लाख रुपैयाँ नाफा कमाएका थिए ।

खराब कर्जा बढेकाले वाणिज्य बैंकहरुको नाफामा ठूलो असर परेको हो । बैंकहरुले आम्दानीको धेरै रकम इम्पेयरमेन्ट चार्जमा छुटयाएका छन् ।

जसले गर्दा यिनीहरुको मुनाफालाई प्रभाव पारेको हो । १९ बैंकमध्ये सबै भन्दा धेरै नाफा गर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक अगाडि रहेको छ । यसले असोजसम्म १ अर्ब ५२ करोड नाफा आर्जन गरेको छ । यो गत वर्षको भन्दा ३३.४७ प्रतिशत धेरै हो ।

यसले गत वर्षको यसैअवधिमा १ अर्ब १४ करोड नाफा कमाएको थियो । त्यस्तै, दोस्रोमा नबिल बैंक रहेको छ । यसको नाफा १ अर्ब ४६ करोड रुपैयाँमा रहेको छ । गत वर्ष यसले १ अर्ब ५७ करोड रुपैयाँ कमाएको थियो । यता, कृषि विकास बैंकले भने ८८ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको रिपोर्ट सार्वजनिक गरेको छ ।

गत वर्ष यो बैंक २२ करोड रुपैयाँ नाफामा थियो । सूचीकृत ८ बैंकको मात्र खुद मुनाफा बढेको छ । जसमध्ये ७ वटा बैंकको नाफा १ अर्ब भन्दामाथि रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*