खराब कर्जाले ६ वाणिज्य बैंक अफ्ठेरोमा, सीमा क्रस भए लाभांश बाँड्न नपाउने

१७ कार्तिक २०८०, शुक्रबार १२:३४

काठमाडौं । खराब कर्जाका कारण ६ वटा वाणिज्य बैंकले लाभांश वितरण गर्न नपाउने अवस्था सिर्जना भएको छ । ०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुको खराब कर्जा औसतमा ३.४ प्रतिशत पुगेको छ ।

गएको आर्थिक वर्ष समीक्षा अवधिमा बैंकहरुको खराब कर्जा १.६६ प्रतिशत थियो । यो आर्थिक वर्षको पहिलो त्रैमासमा खराब कर्जा निकै बढेको हो । बैंकहरुले ऋण असुलीमा समस्या भएपछि खराब कर्जा बढेको बताइरहेका छन् । खराब कर्जा कै कारण बैंकहरुको मुनाफा १७ प्रतिशतले घटेको छ । उनीहरुले आम्दानीको धेरै रकम इम्पेयरमेन्ट चार्जमा छुट्याएका छन् ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सबैभन्दा बढी खराब कर्जा कृषि विकास बैंकको रहेको छ भने सबैभन्दा कम एभरेष्ट बैंकको छ । खराब कर्जा यसैगरी बढ्दै जाने हो भने ६ वटा वाणिज्य बैंकलाई लाभांश वितरण गर्न मुस्किल पर्ने देखिन्छ ।

कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज, हिमालयन र ग्लोबल आइएमईको खराब कर्जा उच्च रुपमा बढेको छ । यी बैंकहरुको खराब कर्जा क्रमशः हेर्दा ४.८९ प्रतिशत, ४.८३ प्रतिशत, ४.६९ प्रतिशत, ४.६७ र ४.३८ प्रतिशत छ । यसैगरी खराब कर्जा बढ्दै गए ५ प्रतिशतको सीमा नाघ्नसक्छ ।

५ प्रतिशतको सीमा नाघेपछि राष्ट्र बैंकको गाडलाइन मिचिने छ र लाभांश वितरण गर्न दिइँदैन । त्यसो भएका खण्डमा थप व्यवसाय विस्तार नगरी केवल ऋण असुलीमा मात्रै केन्द्रीत हुनुपर्ने अवस्था आउँछ । खराब कर्जाले उग्ररुप लिए बैंकहरुको वित्तीय अवस्था नै धरासायी हुने संभावना समेत बढेर जान्छ । राष्ट्र बैंकको निर्देशन अनुसार खराब वर्गमा वर्गीकरण भएका कर्जाहरुको शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्ने हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*