नबिल बैंकको लाभांश क्षमता १३ प्रतिशत

१७ कार्तिक २०८०, शुक्रबार १२:५५

काठमाडौं ।  लाभांश घोषणाको अन्तिम तयारीमा रहेको नबिल बैंकको मुनाफा पहिलो त्रैमासको घटेको छ ।बैंकको मुनाफा ६.५१ प्रतिशत घटेर १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १३.५१ प्रतिशत बढेर ४ अर्ब १७ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ६७ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको सञ्चालन मुनाफा ४.६८ प्रतिशत घटेर २ अर्ब १२ करोड ६१ लाख रुपैयाँ र वितरणयोग्य मुनाफा ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्मको तथ्याङ्क अनुसार बैंकको लाभांश क्षमता १३.३४ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ, जगेडा कोष ३.१२ प्रतिशत बढेर ३२ अर्ब रुपैयाँ, निक्षेप संकलन ४.५४ प्रतिशत बढेर ४ खर्ब १४ अर्ब ८५ करोड रुपैयाँ र कर्जा ६.२७ प्रतिशत बढेर ३ खर्ब ५३ अर्ब ५६ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।

बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ५.२९ रुपैयाँ घटेर २१.७२ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात २६.८४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१८.२७ रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्म बैंकको खराब कर्जा २.३३ प्रतिशतबाट बढेर ३.६९ प्रतिशत पुगेको छ । साथै बैंकको कर्जा निक्षेप अनुपात ८६.५३ प्रतिशत र आधार दर ९.५८ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*