हिमालयन लघुवित्तको नाफामा उच्च गिरावट, कस्ता छन् अन्य सूचक ?

१९ कार्तिक २०८०, आईतवार ०९:५७

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उच्च गिरावट आएको छ । संस्थाले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार १० लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ८५ प्रतिशतले कम हो ।

समीक्षा अवधिसम्ममा संस्थाले ५२ लाख ५२ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ४ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

चालु आवको असोज मसान्तसम्ममा संस्थाले ५ करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ५ करोड ६५ लाख रुपैयाँ थियो। यो हिसाबले खुद ब्याज आम्दानी पनि २.१३ प्रतिशतले घटेको छ ।

चुक्तापुँजी ३१ करोड ९८ लाख रुपैयाँ संस्थाको रिजर्भको आकार १९.६४ प्रतिशतले बढेर १० करोड ५३ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ८ करोड ८० लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले ३ अर्ब १४ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३ अर्ब १७ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

वार्षिकीकृत संस्थाको ईपीएस घटेर १.३६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २.२८ रुपैयाँ थियो। पीई रेसियो ४१५.७३ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३९.७४ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*