सिवाईसी नेपाल लघुवित्तको नाफा ८७.४३ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?

१९ कार्तिक २०८०, आईतवार १०:४५

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नाफामा गिरावट आएको छ । संस्थाले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार यस अवधिमा संस्थाले १९ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ८७.४३ प्रतिशतले कम हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा संस्थाले १३ लाख ७६ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ करोड १८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ६.७२ प्रतिशतले घटेर ५ करोड ६३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ६ करोड ४ लाख रुपैयाँ थियो ।

यसका साथै, लघुवित्तको संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ६.६५ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा एनपीएल २.८७ प्रतिशत थियो । एनपीएल बढेसँगै संस्थाको इम्पेयरमेन्ट चार्ज बढेर ४३ लाख २३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज २८ लाख २४ हजार रुपैयाँ थियो।

समीक्षा अवधिमा संस्थाले २ अर्ब ७५ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ६० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ अर्ब ३० करोड रुपैयाँ सापटी लिई ५ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

वार्षिकीकृत संस्थाको ईपीएस घटेर २.८६ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ४९.७८ रुपैयाँ थियो। पीई रेसियो ३५४.८९ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २२१.२३ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*