दुई महिनामा १ अर्ब २० करोड पुनर्कर्जा लगानी, अन्तरबैंक कारोबार १० खर्बभन्दा बढी

१९ कार्तिक २०८०, आईतवार १२:०३

काठमाडौं । यो आर्थिक वर्षको सुरु दुई महिनामा एक अर्ब २० करोड रुपैयाँ पुनर्कर्जा लगानीमा रहेको बताइएको छ । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दैै आएको पुर्नकर्जा २०८० भदौ मसान्तमा एक लाख ४४ हजार ७५८ ऋणीलाई प्रवाह भएको एक अर्ब ९५ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको हो ।

जसमा कृषि तथा पशुपन्छी व्यवसाय कर्जा अन्तर्गत ५९ हजार ७८० ऋणीलाई प्रवाह भएको एक खर्ब ३६ अर्ब तीन करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८२ हजार ३२३ महिला उद्यमीलाई दिइएको ५६ अर्ब ५८ करोड कर्जा बक्यौता छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत दुई हजार ६५५ ऋणीको तीन अर्ब एक करोड कर्जा बक्यौता रहेको छ । उता, चालू अर्थिक वर्षको दुई महिनामा वाणिज्य बैंकको ९ खर्ब २४ अर्ब ४२ करोड र अन्य वित्तीय संस्थाको एक खर्ब ५३ अर्ब ३८ करोड गरी कुल १० खर्ब ८० अर्ब ८० करोडको अन्तरबैंक कारोबार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको पाँच खर्ब ८० अर्ब ५२ करोड र अन्य वित्तीय संस्थाको ६७ अर्ब ५ करोड गरी कुल छ खर्ब ४७ अर्ब ५८ करोडको अन्तरबैंक कारोबार भएको तथ्याङ्क छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*