एनआईसी एशिया बैंकले भूकम्प प्रभावित क्षेत्रमा ५१ लाख रुपैयाँ प्रदान गर्ने

१९ कार्तिक २०८०, आईतवार १३:४१

काठमाडौं । एनआईसी एशिया बैंकले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि ५१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा सो रकम उपलब्ध गराउने घोषणा गरेको हो ।

कात्र्तिक १७ गते राती ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भई गएको भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ । उक्त भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ जना गरी १२९ जनाको ज्यान गईसकेको प्रहरीले जनाएको छ । सोही भूकम्पमा परी कम्तिमा १४० जना घाईते भएका छन् ।

सो क्षेत्रमा भूकम्पबाट प्रभावितहरुलाई राहत तथा उद्धारका लागि विभिन्न संघसस्थाहरुबाट सहयोग उपलब्ध भईरहँदा एनआईसी एशिया बैंकले पनि सहयोग गर्ने घोषणा गरेको छ । यसबाट भूकम्प पीडितहरुलाई केही हदसम्म सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६४५ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*