नेपाल बैंकले तीन सय जना ग्राहकको लकर फोर्दै

१९ कार्तिक २०८०, आईतवार १५:३४

काठमाडौं । नेपाल बैंकले ३३३ लकर आफैं फोर्ने भएको छ । बक्यौता शुल्क चुक्ता नगर्ने लकरधनीहरूको लकर फोर्ने बैंकले जनाएको छ ।

काठमाडौं बैंकिङ अफिसमा लकर लिएका ३३३ जना ग्राहकहरूले लामो समयदेखि नियमानुसार बुझाउनुपर्ने लकर शुल्क तिर्न बाँकी रहेको र सो रकम बुझाउन पटक–पटक पत्राचार गर्दा समेत नबुझाएपछि आफैं लकर फोर्ने बैंकले जनाएको छ ।

बैंकले लकर शुल्क तिर्न बाँकी रहेका ग्राहकहरुलाई ३५ दिनभित्र बक्यौता रकम भुक्तानी गरी आफ्नो लकर नियमित गर्न आग्रह गरेको छ । यदि सो समयमा पनि शुल्क नबुझाएमा सरकारी प्रतिनिधिहरूको रोहवरमा लकर फोडी नियमानुसार अगाडि बढ्ने बैंकले जनाएको छ ।

कतिपय लकरधनीहरुको मृत्यु भएको हुने भएकाले इष्टमित्र वा आफन्तहरुले पनि सम्पर्क गर्न सक्ने उनले बताए । कतिपय लकरधनीहरुले परिवारको सदस्यलाई जानकारी नराएको हुन सक्ने उनको भनाइ छ ।

nepal-bank-locker-pdf

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*