बैंकहरुको मुनाफा घट्दा शेयरमूल्य प्रभावित (एलटीपीसहित)

१९ कार्तिक २०८०, आईतवार १७:१९

काठमाडौं । वाणिज्य बैंकहरुको मुनाफा घट्दा सोको प्रभाव शेयरमूल्यमा परेको छ । बैंकहरुले चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरे लगत्तै आइतबार अधिकांश बैंकहरुको शेयरमूल्यमा चर्काे गिरावट आएको हो ।

आइतबार बैंकिङ परिसूचक १७ दशमलब ८२ अंकले घटेर ११६३ दशमलब ६७ विन्दुमा कायम भएको छ । आइतबार बैंकिङ उपसूचक १.५० प्रतिशतले घट्दा बैंकिङ सेक्टरबाट कारोबामा आएका १९ वाणिज्य बैंकहरुमध्ये ३ बैंकको शेयरमूल्य बढेको छ भने बाँकीका १६ बैंकहरुको शेयरमूल्य घटेको छ ।

आइतबार प्राईम कमर्सियल बैंक लिमिटेडको शेयरमूल्य सर्वाधिक १.४९ प्रतिशतले बढेको छ । प्रभु बैंकको ०.६५ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ०.३५ प्रतिशतले शेयरमूल्य बढेको छ भने सिद्धार्थ बैंक लिमिटेडको शेयरमूल्य सर्वाधिक ४.०६ प्रतिशतले घटेको छ ।

त्यस्तै, आज कुमारी बैंक लिमिटेडको शेयरमूल्य सर्वाधिक कम १५१.७० रुपैयाँमा कायम भएको छ भने नबिल बैंक लिमिटेडको शेयरमूल्य सर्वाधिक ५६६ रुपैयाँमा कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*