आरएसडिसी लघुवित्तको साधारणसभा मंसिर १५ गते, बुक क्लोज कहिले ?

१९ कार्तिक २०८०, आईतवार १६:४७

काठमाडौं ।  आरएसडिसी लघुवित्तले १० औ बार्षिक साधारणसभा बोलाएको छ । वार्षिक साधारणसभा आउँदो मंसिर १५ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।

लाभांश वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले आउँदो मंसिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

सभाले गत आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित कुल ९।०५२६ प्रतिशतले लाभांश अनुमोदन गर्नेछ। जसमा ८।६० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०।४५२६ प्रतिशत नगद लाभांश छन्।

सोही सभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको संस्थापक तथा सर्वसाधारणसभा सेयरधनीको सेयर स्वामित्व क्रमशः ५१ प्रतिशतर ४९ प्रतिशत कायम गर्ने निर्णय अनुमोदन गर्नेछ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*