नबिल, ग्लोबल आइएमई र एनआइसी एशिया बैंकबीचको तुलनात्मक अध्ययन

१९ कार्तिक २०८०, आईतवार १७:१५

काठमाडौं । वाणिज्य बैंक नबिल ग्लोबल आइएमई र एनआइसी एशिया बैंकले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।बैंकले सार्वजनिक गरेको वित्तिय विवरणलाई आधार मानेर तीन कम्पनीबीच बीमापोष्टले गरेको तुलनात्मक रिर्पोट यस प्रकार रहेको छ ।

तीन कम्पनीबीचको तुलनात्मक रिर्पोट यस्तो छ,

Source: 1st Quater Reports

चुक्ता पुँजिको आधारमा
चुक्ता पुँजिको आधारमा हेर्ने हो भने ग्लोबल आइएमई बैैंक रहेको छ। बैैंकको चुक्ता पुँजि ३५ करोड ७७ लाख रुपैयाँ रहेको छ।
दोस्रोमा नबिल बैंक रहेको छ। बैंकको चुक्ता पुँजि २७ करोड ५ लाख रुपैयाँ रहेको छ।
तेस्रोमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको चुक्ता पुँजि १४ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

जगेडा कोषको आधारमा
जगेडा कोषको आधारमा हेर्ने हो भने नबिल बैंकको अग्रस्थानमा रहेको छ। बैंकको जगेडा कोषमा २८ करोड रुपैयाँ रकम संचिति रहेको छ।
दोस्रोमा ग्लोबल आइएमई बैंकरहेको छ। बैैंकको जगेडा कोषमा २१ करोड रुपैयाँ रहेको छ।
तेस्रोमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको जगेडा कोषमा १६ करोड रुपैयाँ रहेको छ।

खूद ब्याज आम्दानी
खुद ब्याज आम्दानीको आधारमा हेर्ने हो भने यस त्रैमासको अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १७ करोड माथि पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा खूद ब्याज आम्दानी ३ अर्ब ६७ करोडमा सीमित थियो ।ग्लोबल आइएमई बैंकले ४ अर्ब ८० करोड खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ३ अर्ब २० करोडमा सीमित थियो ।
एनआइसी एशिया बैंकको खूद ब्याज आम्दानी २ अर्ब ७४ करोड रुपैयाँ रहेको छ।

खुद मुनाफा
नवील बैंकले १ अर्ब ४६ करोड खूद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्षको यही अवधिको तुलनामा बैंकको नाफा घटेको छ। बैंकले अघिल्लो आर्थिक बर्षमा १ अर्ब ५७ करोड मुनाफा आर्जन गरेको थियो ।
ग्लोबल आइएमई बैंकले खूद नाफा बढेर १ अर्ब २२ करोड माथि पुगेको छ ।
एनआइसी एशिया बैंकले यस वर्ष १ अर्ब १ करोड मात्र मुनाफा आर्जन गर्न सफल भएको छ ।

वितरणयोग्य मुनाफा
नवील बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ९६ करोड रुपैयाँ रहेको छ ।
ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३२ करोड रहेको छ ।
एनआइसी एशिया बैंकको वितरणयोग्य मुनाफा भने ९८ करोड बढीले गिरावट देखिएको छ।

सञ्चालन नाफा
नवील बैंकको सञ्चालन मुनाफा २ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।
ग्लोबल आइएमई बैंकको १ अर्ब ७९ करोड माथि पुगेको छ ।
एनआइसी एशियाको खूद सञ्चालन मुनाफामा१ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।

निक्षेप र कर्जा
समीक्षा अवधिसम्म नवील बैंकले ४ खर्ब १४ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ५३ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ३ खर्ब ९६ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ३२ अर्ब बढी कर्जा परिचालन गरेको थियो।
ग्लोबल आईएमई बैंकले समीक्षा अवधिसम्म ४ खर्ब ४३ अर्ब बढी निक्षेप संकलन गरी ३ खर्ब ५७ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ४ खर्ब २६ अर्ब बढी निक्षेप संकलन गरी ३ खर्ब ५६ अर्ब बढी कर्जा परिचालन गरेको थियो ।
एनआइसी एशिया बैंकले समीक्षा अवधिसम्म ३ खर्ब ६३ अर्ब बढी निक्षेप संकलन गरी २ खर्ब ९४ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ३ खर्ब ११ अर्ब बढी निक्षेप संकलन गरी २ खर्ब ६१ अर्ब कर्जा परिचालन गरेको थियो ।

 प्रतिसेयर आम्दानी
ग्लोबल आइएमई बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी १३.७१ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिमा २० रुपैयाँ रहेको थियो ।
नवील बैंकको २१.३१ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष २७.०१ रुपैयाँ रहेको थियो ।
एनआइसी एशिया बैंकको अघिल्लो वर्षको इपीएस ५९.६२ रुपैयाँ रहेको थियो । यो वर्ष २६.५८ रुपैयाँ रहेको छ ।

प्रतिसेयर नेटवर्थ र मूल्य आम्दानी अनुपात
नवील बैंकको मूल्य आम्दानी अनुपात २६.८४ गुणा र प्रतिसेयर नेटवर्थ २१८.२७ रुपैयाँ रहेको छ ।

एनआइसी एशिया बैंकको १९.४६ गुणा मूल्य आम्दानी अनुपात रहेको छ भने प्रतिसेयर नेटवर्थ २०२.०५ रुपैयाँ रहेको छ ।
ग्लोबल आइएमई बैंकको मूल्य आम्दानी अनुपात १४.७४ गुणा तथा प्रतिसेयर नेटवर्थ १६८.३० रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*