नेपाल पुनर्बीमा कम्पनी र कुमारी बैंकको संस्थापक शेयर लिलामी भर्ने आज अन्तिम दिन

२० कार्तिक २०८०, सोमबार १०:१५

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको ५ लाख कित्ता र कुमारी बैंकको ५ लाख ३० हजार कित्ता संस्थापक शेयर लिलामी भर्ने आज (कात्तिक २० गते) अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

नेपाल पुनर्बिमा कम्पनीले कात्तिक १६ गतेदेखि विशाल गु्रपको स्वामित्वमा रहेको शेयर लिलामी बिक्री खुला गरेको छ । यसमा कम्पनीका संस्थापक शेयरधनी वा अन्य संघसस्थाले पनि आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम २७७ रुपैयाँ वा सो भन्दा बढी प्रतिस्पर्धात्मक मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । खरिदकर्ताले न्यूनतम १ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन कम्पनीको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा पुग्ने गरी दिनुपर्नेछ ।

त्यस्तै, कुमारी बैंकले कात्तिक १४ गतेदेखि शेयर लिलामी बिक्री खुला गरेको हो । यस शेयरमा बैंकका संस्थापक शेयरधनीलगायत अन्य व्यक्ति वा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १०१ रुपैयाँ वा सो भन्दा बढी प्रतिस्पर्धात्मक मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । खरिदकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन बिक्री प्रबन्धक कुमारी क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*