आजसम्म कायम शेयरधनीले सिद्धार्थ बैंकको लाभांश पाउने

२० कार्तिक २०८०, सोमबार १०:१२

काठमाडौं । सिद्धार्थ बैंकको लाभांश आज ( कात्तिक २० गते, सोमबार) सम्म कायम शेयरधनीहरुले मात्र पाउने छन् । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात कात्तिक २१ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले मंसिर ५ गते बाईसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा आम्रपाली बैङक्वेट, बालुवाटार, काठमाडौँमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ४।२१ प्रतिशतका दरले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*