उन्नति सहकार्य लघुवित्तले भोलिदेखि एफपीओ निष्काशन गर्ने

२० कार्तिक २०८०, सोमबार १२:३५

काठमाडौं । उन्नति सहकार्य लघुवित्तले भोलि (कात्तिक २१ गते) देखि एफपीओ निष्काशन गर्नेछ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो ।

लघुवित्तले १ करोड ७८ लाख ४५ हजार ४५१ रुपैयाँ बराबरको एफपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ जारी गर्ने जनाएको छ ।

साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त एकआपसमा गाभिएपश्चात बनेको उन्नति सहकार्य लघुवित्तको पुँजी संरचना संस्थापक समूहको ७५।४५ प्रतिशत र सर्वसाधारणको २४।५५ प्रतिशत कायम भएको थियो । उक्त पुँजी संरचना ऐन अनुसार कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो ।

यसमा कात्तिक २४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । तोकिएको समयावधिभित्र सबै शेयर बिक्री नभएको खण्डमा भने मंसिर ५ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर भर्न सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*