एनआईसी एशिया बैंकद्वारा जाजरकोट भूकम्प प्रभावितका लागि ५१ लाख रुपैयाँ सहयोग

२० कार्तिक २०८०, सोमबार १४:०८

काठमाडौं । एनआईसी एशिया बैंकले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि ५१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

आज (कात्तिक २० गते) बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ५१ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन ।

कात्तिक १७ गते राती ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भई गएको भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ । उक्त भूकम्पमा परी १५७ जनाको ज्यान गईसकेको छ भने कम्तिमा २४६ जना घाईते भएका छन् । १४६ जना भने उपचार पश्चात् डिश्चार्ज भईसकेको प्रहरी स्रोतले जनाएको छ ।

सो क्षेत्रमा भूकम्पबाट प्रभावितहरुलाई राहत तथा उद्धारका लागि विभिन्न संघसस्थाहरुबाट सहयोग उपलब्ध भईरहँदा एनआईसी एशिया बैंकले पनि सहयोग गरेको हो । यसबाट भूकम्प पीडितहरुलाई केही हदसम्म सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६४५ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*