८ वाणिज्य बैंकद्धारा लाभांश घोषणा, कुनको कति ?

२० कार्तिक २०८०, सोमबार १२:४३

काठमाडौं । आठ वाणिज्य बैंकले हालसम्म लाभांश घोषणा गरिसकेका छन् । अझै ११ वाणिज्य बैंकले लाभांश घोषणा गर्न बाँकी छन् ।

मर्जर र एक्विजिसनमा गएपछि अहिले कुल २० वाणिज्य बैंक मात्रै छन् । त्यसमध्ये ८ वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणमा शेयर जारी नगरेका कारण त्यसले नगद वा बोनस के दिन्छ भन्ने बिषयमा लगानीकर्तालाई चासो हुने कुरा भएन् । अरु ११ बैंक लाभांश वितरण गर्न बाँकी छन् ।

आज मात्र ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत लाभांश मध्ये ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको हो ।

यसअघि स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।साथै, सिद्धार्थ बैंकले पनि नगद लाभांश वितरण नै घोषणा गरेको छ । सिद्धार्थ बैंकले ४।२१ प्रतिशत लाभांश दिँदै छ ।

पाँच वाणिज्य बैंकहरु दशैंअघि नै वार्षिक साधारणसभा गरेर शेयरधनीको खातामा लाभांश पठाइसकेका छन् । एनआईसी एशिया, एभरेष्ट, माछापुच्छ्रे, सनिमा र सिटिजन्स बैंकले दशैंअघि नै लाभांश वितरण गरिसकेका छन् ।

माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १३।३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।७० प्रतिशत नगद गीि कूल १४ प्रतिशत लाभांश वितरण गरिसकेको छ । यद्यपी यसको बोनस शेयर भने लगानीकर्ताको खातामा आइसकेको छैन् ।

यसैगरी, सिटिजन्स बैंकले पनि दसैंअघि नै लगानीकर्तालाई नगद लाभांश दिएको छ । सिटिजन्स बैंकले चुक्ता पूँजीको ५।७९ प्रतिशत नगद लाभांश दिएको थियो ।

साथै, अहिलेसम्मकै सबैभन्दा धेरै लाभांश वितरण गर्ने घोषणा गरेको एनआईसी एशिया बैंकले दशैंअघि नै वार्षिक साधारणसभा गरिसकेको छ । एनआईसी एशिया बैंकले चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १।५ प्रतिशत नगद गरी कूल ३०।५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

साथै, एभरेष्ट बैंकले पनि दशैंअघि नै वार्षिक साधारणसभा गरेको छ । एभरेष्ट बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १०।५३ प्रतिशत नगद गरी कूल २०।५३ लाभांश वितरण गरेको छ । उसले वितरण गरेको नगद लाभांश शेयधनीको खातामा आइसकेको छ ।

यसैगरी, सानिमा बैंकले दशैंअघि नै वार्षिक साधारणसभा गरेको छ । सानिमा बैंकले चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ५।७ प्रतिशत नगद गरी कूल १४।७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सानिमा बैंकले वितरण गरेको नगद लाभांश पनि शेयरधनीको खातामा दशैंअघि नै आइसकेको छ।

लगानीकर्ताहरुले लाभांश घोषणा गर्न बाँकी ११ बैंकले कहिले लाभांश वितरण गर्लान भनेर प्रतिक्षा गरिरहेका छन् । ८ वाणिज्य बैंकले लाभांश वितरण गरिसकेकाले पनि अन्य घोषणा गर्न बाँकी ११ वाणिज्य बैंकले तिहार अगाडि नै लाभांश घोषणा गर्ने अपेक्षा लगानीकर्ताहरुले गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*