जाजरकोट भूकम्प प्रभावितका लागि सानिमा बैंकले २५ लाख रुपैयाँ सहयोग गर्ने

२० कार्तिक २०८०, सोमबार १४:२४

काठमाडौं । जाजरकोट भूकम्प प्रभावितका लागि सानिमा बैंकले २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो ।

कात्तिक १७ गते राति ११ः४७ बजे गएको भूकम्पबाट प्रभावितहरुलाई राहत तथा उद्धारका लागि विभिन्न संघसस्थाहरुबाट सहयोग उपलब्ध भईरहँदा सानिमा बैंकले पनि सहयोग गर्ने निर्णय गरेको छ । यसबाट भूकम्प पीडितहरुलाई राहत महसुस हुने विश्वास बैंकले लिएको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*