हाथवे इन्भेष्टमेन्टको शेयरमा सकारात्मक सर्किट, १९९ कम्पनीको शेयरमूल्य बढ्यो

२० कार्तिक २०८०, सोमबार १५:१८

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन राताम्मे भएको शेयर बजारमा आज २१ दशमलव ३० अंकले बढेर १८४७ को विन्दुमा कायम भएको छ ।

सोमबार कारोबार भएका २८३ कम्पनीहरुमध्ये १९९ कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ । शेयर बजारमा हरियाली छाएसँगै हाथवे इन्भेष्टमेन्टको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमा सर्किट लागेसँगै तीन करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९.९३ प्रतिशत, आशा लघुवित्तको ६.१६ प्रतिशत, दिव्यश्ररी हाइड्रोपावरको ५.८८ प्रतिशतले लगायतको शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*