एनएमबि बैंकले जाजरकोट भूकम्प प्रभावितलाई ५० लाख रुपैयाँ सहयोग गर्ने

२१ कार्तिक २०८०, मंगलवार १०:०९

काठमाडौं । जाजरकोट भूकम्प प्रभावितका लागि एनएमबि बैंकले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गर्ने निर्णय गरेको हो ।

कात्तिक १७ गते राति ११ः४७ बजे गएको भूकम्पबाट प्रभावितहरुलाई राहत तथा उद्धारका लागि विभिन्न संघसस्थाहरुबाट सहयोग उपलब्ध भईरहेको छ । यसैबीच एनएमबि बैंकले पनि भूकम्प प्रभावितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

यसबाट भूकम्प पीडितहरुलाई केही हदसम्म राहत महसुस हुने विश्वास बैंकले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*