निफ्राले गर्यो नगद लाभांश घोेषणा
२१ कार्तिक २०८०, मंगलवार १०:२२

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आवको नाफाबाट नगद लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ४.२१०५ प्रतिशतका दरले हुन आउने ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंक, अर्थमन्त्रालय र निफ्राको वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।
त्यस्तै, यस बैंकले अघिल्लो आर्थिक वर्ष २०७८।०७९ मा पनि ४.२१५ नगद लाभांश वितरण गरेको थियो ।
nifra