कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

२१ कार्तिक २०८०, मंगलवार ११:१७

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी लाल बहादुर घलेको नाममा रहेको १ हजार ४३८ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई दिइएकोमा तोकिएको समयभित्र शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

शेयर खरिद गर्न इच्छुकले बैंकको प्रधान कार्यालय काठमाडौं टंगाल वा शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं नक्सालमा ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । साथै उक्त शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*