नेपाल एसबिआई मर्चेन्ट बैकिङ्गले ल्यायो चाडपर्व लक्षित बम्पर छुट योजना

२१ कार्तिक २०८०, मंगलवार ११:४३

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैकिङ्गले चाडपर्व लक्षित छुट योजनाहरु ल्याएको छ । बैंकले डिम्याट तथा मेरो शेयर खाता खोल्न निश्चित अवधिका लागी बम्पर छुट सहितका योजनाहरु सार्वजनिक गरेको हो ।

यस्ता खाताहरुको सहज पहुँचले, ग्राहकले सुपथ लागतमा धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पूँजि बजारमा सहभागिताका साथै, धितोपत्र निष्काशन कम्पनीको पूँजी सुनिश्चिततामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकको निशुल्क डिम्याट खाता र १ वर्ष डिम्याट तथा मेरो शेयरको नविकरण योजनामा ५० %, निशुल्क डिम्याट खाता र ५ वर्ष डिम्याट तथा मेरो शेयरको नविकरणमा ३७.६३%, परिवार योजना अन्तर्गत ३ डिम्याट तथा मेरो शेयर खोल्दा र नविकरणमा, १ निशुल्क सहित ३३.३३% छुट दिने निर्णय गरेको छ ।

त्यस्तै, निशुल्क डिम्याट खाता र १० वर्ष डिम्याट तथा मेरो शेयरको नविकरणमा ३५.५५%, निशुल्क डिम्याट खाता खोली आजिवन नविकरणमा ८०.१४% र निशुल्क डिम्याट खाता खोली आजिवन डिम्याट तथा मेरो शेयर नविकरणमा ८२.३१% को छुट दिने भएको छ ।

उल्लेखित छुट सहितका सेवा प्राप्त गर्नका लागी, नेपाल एसबिआइ बैंकका शाखाहरु तथा, नेपाल एसबिआई मर्चेन्ट बैकिङ्गको कार्यालय, ठमेलमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*