लुम्बिनी विकास बैंकको दुई लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

२१ कार्तिक २०८०, मंगलवार १२:०९

काठमाडौंं । लुम्बिनी विकास बैंकले आज (कात्तिक २१ गते) देखि संस्थापक शेयरधनीको नाममा रहेको २ लाख ६३९ कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ ।

बैंकले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरुमा बिक्री खुला गरेको थियो । जसमा खरिद आवेदन नपरेपछि जो–कोही व्यक्ति, कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेगरी बिक्री खुला गरेको हो ।

शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र खरिद गर्न चाहेको शेयर विवरणसमेत खुलाई बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन दिन सकिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*