झन् बढ्यो बैंकहरूको खराब कर्जा

कुन बैंकको खराब कर्जा कति ? (सूचीसहित)
२१ कार्तिक २०८०, मंगलवार १३:५९

काठमाडौं । बैंकहरुको खराब कर्जाको बढ्दो देखिएको छ । आर्थिक मन्दीका कारण बैंकहरुले प्रवाह गरेको कर्जा समयमा उठ्न नसकेको बैंकर्सहरुको भनाई छ ।साँवा र ब्याज समयमा नउठ्दा बैंकहरुको खराब कर्जामा वृद्धि देखिएको छ।

प्रथम त्रैमासको अवधिसम्ममा बैंकहरुको खराब कर्जा १०३.५३ प्रतिशतले बढेर औसत ३.३९ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा बैंकहरुको खराब कर्जा औसत १.६६ प्रतिशत थियो ।
सबैभन्दा धेरै कृषि विकास बैंकको खराब कर्जा ५ प्रतिशत नाघेको छ ।

पाँचवटा बैंकको ४ प्रतिशतभन्दा बढी छ भने ३ प्रतिशतभन्दा बढी खराब कर्जा भएका बैंक ७ वटा छन् ।तीनवटा बैंकको २ प्रतिशत भन्दा बढी र तीनवटा बैंकको १ प्रतिशतभन्दा बढी छ । एभरेष्ट बैंकको मात्रै खराब कर्जा र १ प्रतिशतभन्दा कम छ ।

Source: 1st Quater Banks Reports

कृषि विकास बैंकको गत आवको पहिलो त्रैमासको तुलनामा १२३.९४ प्रतिशतले बढेर ५.३३ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा बैंकको खराब कर्जा २.३८ प्रतिशत थियो ।
कृषि विकास बैंकपछि खराब कर्जा धेरै हुनेमा कुमारी बैंक छ । बैंकको खराब कर्जा गत आवको असार मसान्तको तुलनामा चालु आवको सोही अवधिमा २८२ प्रतिशतले बढेर ४.८९ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा १.२८ प्रतिशत थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा १७६ प्रतिशतले बढेर ४.८३ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा १.७५ प्रतिशत थियो । यस्तै लक्ष्मी सनराइज बैंकको खराब कर्जा १७२.६७ प्रतिशतले बढेर ४.६९ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा १.७२ प्रतिशत थियो ।

हिमालयन बैंकको खराब कर्जा १०२ प्रतिशतले बढेर ४.६७ प्रतिशत, ग्लोबल आइएमई बैंकको १०८.५७ प्रतिशतले बढेर ४.३८, सिटिजन्स बैंकको ३८.८१ प्रतिशतले बढेर ३.९७ र प्रभु बैंकको १३६.३० प्रतिशतले बढेर ३.९७ प्रतिशत पुगेको छ।

राष्ट्र बैंकका अनुसार नेपाल बैंकको ६२ प्रतिशतले बढेर ३.८४ प्रतिशत, प्राइम बैंकको १०३ प्रतिशतले बढेर ३.६७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४५ प्रतिशतले बढेर ३.६२ प्रतिशत र सिद्धार्थ बैंकको ६० प्रतिशतले बढेर ३.४४ प्रतिशत पुगेको छ ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार एनएमबि बैंकको खराब कर्जा ४९.४७ प्रतिशतले बढेर २.८४ प्रतिशत, माछापुच्छे् बैंकको खराब कर्जा ९६.९२ प्रतिशतले बढेर २.५६ र नेपाल एसबिआई बैंकको ५५२.७७ प्रतिशतले बढेर २.३५ प्रतिशत पुगेको छ ।

त्यस्तै सानिमा बैंकको खराब कर्जा ९६.७० प्रतिशतले बढेर १.७९ प्रतिशत, एनआईसी एशिया बैंकको १३२.२० प्रतिशतले बढेर १.३७ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ४२.८५ प्रतिशतले बढेर १.१ प्रतिशत, एभरेष्ट बैंकको १७२ प्रतिशतले बढेर ०.९ र नबिल बैंकको खराब कर्जा ५८.३६ प्रतिशतले बढेर ३.६९ प्रतिशत पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*