लघुवित्तहरुको पुँजी कोष १५ प्रतिशत पुर्याउन सुझाव, हकप्रद शेयरमा के छ व्यवस्था ?

२१ कार्तिक २०८०, मंगलवार १८:२१

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुका वर्तमान समस्या र समाधानका उपायहरूको विषयमा अध्ययन गर्न राष्ट्र बैंकले गठन गरेको अध्ययन समितिले लघुवित्त कम्पनीहरुको पुँजी कोष अनुपात चरणबद्ध रुपमा बढाएर १५ प्रतिशत पुर्याउन सुझाव दिएको छ ।

मंगलबार अध्ययन समितिले प्रतिवेदन सार्वजनिक गर्दै उक्त पुँजी कोष वृद्धि गर्न ३ देखि ५ वर्षको समय दिनुपर्ने जनाएको छ । समितिको सुझावअनुसार लघुवित्त कम्पनीहरुले २०८२ असारमा १० प्रतिशत २०८३ असारमा १२ प्रतिशत, २०८४ असारसम्म १३ प्रतिशत र २०८५ असारसम्म १५ प्रतिशत पुँजी कोष पुर्याउनुपर्ने जनाएको छ ।

यसका लागि संस्थाहरुलाई मर्जर गर्न प्रोत्साहन गर्ने र निश्चित समयावधि पछि प्रमोटर सेयरमा परिणत हुने गरी अग्राधिकार सेयर आफ्ना ग्राहकलाई बिक्री गर्ने गरी निष्कासन गर्न दिने समितिको सुझाव छ ।

तथापि, अन्य उपायबाट पुँजी कोष वृद्धि गर्न नसकेको अवस्थामा विद्यमान चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न दिन सकिने सुझाव समितिले दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*