नाडेप लघुवित्तको नाफामा उच्च गिरावट, कस्ता छन् अन्य सूचक ?

२२ कार्तिक २०८०, बुधबार १०:१४

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उच्च गिरावट आएको छ । कमपनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो ।

समीक्षा अवधिमा लघुवित्तले ५ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९५.८४ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड २२ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७.२८ प्रतिशतले घटेर पाँच करोड १९ लाख रुपैयाँमा सीमीत रहेको छ । भने खुद फि तथा कमिसन आम्दानी १६.५७ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको अन्य सञ्चालन आम्दानी २०.०३ प्रतिशत र सञ्चालन मुनाफा ९९.३२ प्रतिशत घटेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १० रुपैयाँ ८ पैसाबाट घटेर ४२ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १ हजार १९२.८६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ ५५ पैसा रहेको छ।

४८ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४० करोड ५८ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा ५.५६ प्रतिशत घटेको हो। असोज मसान्तसम्ममा लघुवित्तले ४ अर्ब १५ करोड ३२ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब २४ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*