अभियान लघुवित्तद्वारा सीईओ पदमा आवेदन खुल्ला, यसरी दिनुहोस् आवेदन

२२ कार्तिक २०८०, बुधबार १०:२५

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै उक्त पदमा कर्मचारी माग गरेको हो ।

सूचना अनुसार उक्त पदमा आवेदन पेश गर्नको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र वा कानून विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थाको व्यवस्थापकीय श्रेणीमा कम्तीमा ५ (पाँच) वर्ष वा स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थाको व्यवस्थापकीय श्रेणीमा कम्तिमा ७ (सात) वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ ।

इच्छुक उम्मेदवारले सूचना प्रकाशितको मितिले संस्थाको केन्द्रिय कार्यालयमा आवेदन दिन आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*