कामना सेवा विकास बैंकको लाभांश वितरण नगर्ने निर्णय

२२ कार्तिक २०८०, बुधबार १०:५६

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको मंगलबार (कात्तिक २१ गते) बसेको बैठकले सो निर्णय गरेको हो ।

बैंकले नेपाल राष्ट्र बैंकसमक्ष गत आर्थिक वर्षको अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने प्रस्तावसहितको वित्तीय विवरणहरु अन्तिम स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको छ ।

राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव तथा निर्देशन प्राप्त भएमा सोसमेत समावेश गरी आगामी वार्षिक साधारणसभाबाट स्वीकृतिका लागि पेस गर्ने निर्णय बैंकले गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*