सोनापुर मिनिरल्सको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

२२ कार्तिक २०८०, बुधबार १५:०५

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले बढेको बजार आज पनि बढेको हो । बुधबार शेयर बजार ५ दशमलव १७ अंकले बढेर १८६३ को विन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै सोनापुर मिनिरल्सको शेयर सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज पाँच करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन बैंकको प्रोमोटर शेयरको पाँच करोड २३ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रोमोटर शेयरको तीन करोड ६० लाख रुपैयाँ, सानिमा जिआईसीको २ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*