ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्यमा सर्वाधिक बृद्धि, कुनले कति कमाए ?

२२ कार्तिक २०८०, बुधबार १५:१४

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले बढेको बजार आज पनि बढेको हो । बुधबार शेयर बजार ५ दशमलव १७ अंकले बढेर १८६३ को विन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य सर्वाधिक बढेको छ । कम्पनीको शेयरमूल्य ८.०७ प्रतिशतले बढेको छ । त्यस्तै, पिपल्स हाइड्रोपावरको ७.४०, नेपाल एसबिआई बैंकको ७.३२, भगवती हाइड्रोपावरको ६ प्रतिशतले शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*