१० लघुवित्तको प्रथम त्रैमासः फर्स्ट माइक्रोफाइनान्स अग्रस्थानमा, बृद्धिदरमा सर्पाेट माइक्रोफाइनान्स (सूचीसहित)

तीन लघुवित्तको मुनाफा बढ्दा सातको घट्यो
२२ कार्तिक २०८०, बुधबार १७:२४

काठमाडौं । १० लघुवित्त कम्पनीहरुले प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार तीन लघुवित्त कम्पनीहरुको मुनाफा बढेको छ भने सात कम्पनीहरुको मुनाफा घटेको छ ।

विवरणअनुसार फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले सर्वाधिक ५ करोड ६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यस लघुवित्तले अघिल्लो आवको सोही अवधिमा ६ करोड ३७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । जुन चालु आवको मुनाफाभन्दा २०.५२ प्रतिशतले बढी हो ।

Source-First Quarter Reports

त्यस्तै, आरएसडीसी लघुवित्त ४ करोड ७ लाख रुपैयाँ मुनाफाले दोस्रो स्थानमा रहेको छ । यस कम्पनीले अघिल्लो आवको सोही अवधिमा ३ करोड ८२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा चालु आवमा यस कम्पनीको मुनाफा ६.६५ प्रतिशतले बृद्धि भएको हो ।

ग्लोबल आईएमई लघुवित्तले अघिल्लो आवको प्रथम त्रैमाससम्म २ करोड ६७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यस लघुवित्तको मुनाफा चालु आवको सोही अवधिमा २७.१५ प्रतिशतले बढेर ३ करोड ४० लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, आत्मनिर्भर लघुवित्तको मुनाफा अघिल्लो आवको तुलनामा चालु आवमा २७.८१ प्रतिशतले घटेर ५२ लाख ८३ हजार रुपैयाँ कायम भएको छ । सिवाईसी लघुवित्तको मुनाफा ८७.४३ प्रतिशतले घटेर १९ लाख २ हजार रुपैयाँ रहेको छ ।

यी १० वटै लघुवित्त मध्ये सबैभन्दा बढी नाफा सपोर्ट लघुवित्तले आर्जन गरेको छ । यस कम्पनीको मुनाफा २५९.१० प्रतिशतले बढेको छ ।

अघिल्लो आवको तुलनामा चालु आवमा हिमालयन लघुवित्तको मुनाफा ८५.०८ प्रतिशतले घटेर १० लाख ८६ हजार रुपैयाँ रहेको छ । त्यसैगरी गुराँस लघुवित्त, नाडेप लघुवित्त र धौलागिरी लघुवित्तको मुनाफा अघिल्लो आवको तुलनामा चालु आवमा घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*