१६ वाणिज्य बैंक दुई बीमा कम्पनीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हेर्दाहेर्दैमा राखियो

२२ कार्तिक २०८०, बुधबार १७:२३

काठमाडौं । १६ वटा वाणिज्य बैंक दुई बीमा कम्पनीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलाशमा आज यस मुद्दाको सुनुवाईभएकोमा आज सुनुवाई नसकिएपछि मुद्दालाई हेर्दाहेर्दा मै राखिएको हो । अब अदालतले यस मुद्दाको सुनुवाईको लागि अर्को मिति तोक्ने छ ।

आज प्रधान न्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टरा, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लको संवैधानिक इजलाशमा यस मुद्दाको सुनुवाई भएको हो । यस अघि सर्वोच्च अदालतले असोज १७ गते यस मुद्दामा कारण देखाउ आदेश जारी गरेको थियो।

असोज १७ गते प्रधान न्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, तथा न्यायधीशहरु ईश्वरप्रसाद खतिवडा,डा। आनन्दमोहन भट्टराई , प्रकाश कुमार ढुंगाना र सुष्मालता माथेमाको इजलाशमा मुद्दाको सुनुवाई भएको थियो । इजलाशले यस मुद्दामा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो । दुवै पक्षसँग छलफल गरेपछि अदालतले अन्तरिम आदेश दिने वा नदिने भन्नेबारे निर्क्यौल गर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*