विजय लघुवित्तको संस्थापक शेयर बिक्रीमा

२३ कार्तिक २०८०, बिहीबार १०:५५

काठमाडौं । विजय लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको नाममा रहेको ९३ हजार २७२ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ । शेयर खरिद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित मिति (कात्तिक २३ गते) ले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको प्रधान कार्यालय धुलिखेल, काभे्रपलाञ्चोकमा आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र शेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*